सम्पूर्ण ध्यान अब निर्वाचनमा मात्र केन्द्रित गरिने

२६ भदौ । मुख्य दल सम्मिलित उच्च स्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसंग वार्ताका ढोका खुला राख्दै सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्नेभएको छ ।

समितिको मंगलवार बसेको बैठकले नेकपा–माओवादी नेतृत्वको मोर्चासंग वार्ताको ढोका खुल्ला राख्दै सवै राजनीतिक दलले आफ्नो सवै शक्ति निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हो ।

समितिको कार्यालय नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकले यो निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले नेकपा–माओवादीसंग वार्ता र निर्वाचन तयारी संगसंगै अघि बढाउने जानकारी समेत दिए ।

समितिले सरकार परिवर्तन र निर्वाचन मिति सार्ने बिषय भन्दा बाहेक अन्य सवै बिषयमा नेकपा– माओवादीसंग सहमति गर्न सकिने निष्कर्ष समेत निकालेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...