अस्पताल र विरामी कुरुवाबीचको रमाइलो सम्वन्ध !

बलराम प्यासी
काठमाण्डौ, ११ असोज । अस्पतालका स्वास्थ्यकर्मीले विरामीमाथि दुव्र्यवहार गरेको, विरामीका आफन्तले अस्पताल तोडफोड गरेका र चिकित्सकमाथि हातपात गरेका खवर सुन्दै आएको अवस्थामा शुक्रबार भने यी दुईपक्षबीचको सम्वन्ध घनिष्ट देखियो ।

विभिन्न कारणले मेरुदण्ड सम्वन्धी रोग लागेर उपचारका लागि अस्पताल भर्ना भएका विरामीका आफन्त र सम्वन्धीत अस्पतालका कर्मचारीहरुवीच शुक्रबार मैत्रीपुर्ण र रोमाञ्चक फुटसल (इन्डोरमा खेलिने फुटबल) खेलेर दुवैपक्षबीचको सम्वन्ध प्रगाढ रहेको पुष्टाएका छन् ।

पेप्सीकोला टाउन प्लानिंगस्थित बिजि ब्रदर्स फुटसल ग्राउण्डमा स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टर (पुर्नस्थापना केन्द्र) भैसेपाटी बनेपाका कर्मचारी र त्यहाँ उपचार गराईरहेका विरामीका आफन्तबीच एकघण्टा लामो मैत्रीपुर्ण फुटसल प्रतियोगिता भएको हो । पुर्नस्थापना केन्द्रका प्रशासन प्रमुख प्रकाश श्रेष्ठको नेतृत्वमा अस्पताल पक्षका खेलाडी तथा आशिष लिम्बुको पक्षमा विरामीका आफन्तहरुको खेल दुबै पक्षबाट ६—६ गोल गर्दै समापन भएको थियो । प्रशासन प्रमुख श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

मेरुदण्डसम्वन्धी रोग लागेर शारिरीक अपांग बन्न वाध्य ३४ जना त्यस्ता विरामीका आफन्तमध्ये करीव आधा जसोका आफन्तहरु फुटबल खेलमा सहभागी थिए भने ६ जना त्यस्ता विरामीहरु व्हिलचियरको मद्धतमा फुटसल हेर्न आएका थिए । पुनस्थापना केन्द्रले विरामीका आफन्तबीच सद्भाव कायम गर्नुका साथै विरामीहरुलाई हौसला दिन यसअघि पनि दुईपटक यस्तो मैत्रीपुर्ण फुटसल खेल आयोजना गरेको थियो ।

सडक दुर्घटना, भीर, बस र पीङ्ग लगायतबाट लडेर मेरुदण्डमा चोट लागि शरीरको तल्लो भाग राम्ररी नचल्ने विरामीहरुलाई स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टर (पुर्नस्थापना केन्द्र)मा राखी औषधिका साथै फिजियोथेरापीको माध्यमबाट उपचार गरिँदै आएको छ । केन्द्रमा त्यस्ता विरामी कम्तिमा पनि दुईमहिनादेखि ८ महिनासम्म बस्नुपर्ने हुन्छ । आफ्नो दैनिक कार्य आफैं गर्नसक्षम भएपछि मात्रै पुर्नस्थापना केन्द्रले उनीहरुलाई घरमा पठाइदिने अर्थात डिस्चार्ज गर्ने गरेको प्रशासन प्रमुख प्रकाश श्रेष्ठले बताए ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...