नियमावली लागु गर्न नसक्ने भए विश्वविद्यालय खारेज गर्न माग

२ असोज । थप गरिएका तीन विश्वविद्यालयका उपकुलपतिहरुले विश्वविद्यालयको नियमावलीमा भएको व्यवस्थापन गर्न नसक्ने भए विश्वविद्यालय खारेज गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौमा बुधबार भएको कार्यक्रममा सुदुर–पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर जयराज अबस्थीले थप गरिएका विश्वविद्यालयको व्यवस्थापन गर्न नसक्ने भए खारेज गर्न माग गर्नुभयो । कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डाक्टर कैलाशनाथ प्याकुरेलले त्रिभुवन विश्वविद्यालयले सम्पत्ति हस्तान्तरण गर्न आनाकानी गरेकोले थप गरिएका विश्वविद्यालय व्यवस्थापनमा समस्या आएको बताउनुभयो । सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर पदमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको दादागिरीका कारण जग्गा हस्तान्तरण नगरेको आरोप लगाउनुभयो ।सरकारले ३ वर्षअघि त्रिभुवन विश्वविद्यालयले सबै क्षेत्रलाई समेट्न नसकेको भन्दै थप ३ विश्वविद्यँलयको स्थापना गरेको थियो । त्रिभुवन विश्वविद्यालयको सम्पत्ती प्रयोग गर्ने गरि खोलिए पनि त्रिविले सम्पत्ती हस्तान्तरण नगर्दा समस्या आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...