देशव्यापी आमहड्ताल गर्ने ३३ दलीय मोर्चाको घोषणा

१० असोज । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले कार्तिक २५ गतेबाट मंसिर ५ गतेसम्म देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।

नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा विहीबार बसेको मोर्चाको बैठकले मंसिर ४ गतेको चुनाव विथोल्ने गरी असोज १३ गतेदेखि मंसिर ५ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार कात्र्तिक २५ गतेबाट मंसिर ५ गतेसम्म देशव्यापी आमहड्ताल गर्ने ३३ दलले जनाएको छ । शीर्ष नेता जिल्ला पुग्ने दिननै जिल्ला बन्द गर्ने, उम्मेदवारको घरमा कालो झण्डा गाड्ने, उम्मेदवारलाई गाउँ प्रवेशमा रोक लगाउनेलगायतका छन ।

त्यस्तै, भारतीय सुरक्ष्ाँकर्मीले नेपालीको घर खानतलाशी गरेको, गौतमबुद्धबारे भ्रामक प्रचार गरेको, माथिल्लो कर्णाली, अरुण तेश्रोको विद्युत उत्पादन सम्झौता रोक्नुपर्नेलगायतका कारण देखाउँदै असोज १७ गतेबाट भारतीय नम्बर प्लेटका गाडी चल्न नदिने भएका छन् ।

मोर्चाले चुनाव नगराउन जिल्ला निर्वाचन कार्यालयहरूमा असोज १३ गते सचेतता पत्र बुझाउने, १६ गते पर्चा वितरण गर्ने र १७ गते उच्चस्तरीय राजनीतिक समितिका नेताको पुत्ला जलाउनेलगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा नेकपा माओवादीका सचिव देव गुरुङले चुनावमा सेना परिचालन गर्ने सरकारको निर्णय नेपालमा शासनको अभ्यास भएको टिप्पणी गर्नुभयो ।

आन्दोलन घोषणा गरिएपनि वार्ताका लागि भने आफूहरू तयार रहेको सचिव गुरुङको भनाइ छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...