सबै दल चुनावमा सहभागी हुने भए विकल्प खोज्न सकिन्छः एमाले

१ असोज । नेकपा एमालेले मंसिरमा हुने चुनावमा सबै दल सहभागी हुने सुनिश्चित भए अन्य सबै विकल्पमा छलफल गर्न सकिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटि बैठकले मंसिरमा चुनावको सुनिश्चितता भए नेकपा–माओवादीले अगाडी सारेको चार बुँदे प्रस्तावमा छलफल गर्न सकिने निर्णय गरेको हो ।

असन्तुष्ट दलहरु चुनावमा आउने सुनिश्चित भए चुनावी अन्यौल अन्त्य गर्न सबै विकल्पमा सहमति गर्न सकिने एमालेको निष्कर्ष छ । एमालेले कुनै पनि बहानामा चुनावलाई पछाडि धकेल्ने विषयमा सहमति जनाउन नसक्ने पनि स्पष्ट पारेको छ ।

यद्यपि केही दिन पछाडी भएपनि मंसिर महिनाभित्रै चुनाव हुने भए सबै दलको सहमतिमा अघि बढ्न सकिने एमालेले जनाएको छ । एमालेले चुनावका लागि सबै क्षेत्रका सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा आएको र मंगलबारदेखि छनोट कार्य सुरु हुने जानकारी दिएको छ । विभिन्न विभागमा मनोनयनका लागि अञ्चलबाट आएका नामावली स्वीकृत गरिएको पनि एमालेले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...