८ असोज । ललाइ फकाइ १४ बर्षीय सालिलाई गर्भवती बनाएर गर्भ पतन गराउने खोज्ने ब्यक्ति पक्राउ परेका छन् ।
महोत्तरीको वगडा ६ बस्ने ३३ वर्षका लक्ष्मण यादव नातामा साली पर्ने किशोरीलाई गर्भवती बनाएर गर्भ तुहाउन खोज्दा पक्राउ परेका हुन् । यादवले पाँच महिना देखी विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्दै आएको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । आफू गर्भवती भएको बताएपछि यादवले असोज ५ गते साँझ गर्भपतन गर्ने ३ वटा नाम नखुलेका औषधी किशोरीलाई खान दिएका थिए ।
तर असोज ६ गते साँझ किशोरीले अन्दाजि साढे ४ महिनाकी मृत छोरी जन्माएपछि घटना सार्वजनिक भएको हो । सोमबार पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ भने किशोरीको उपचार भइरहेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

अवैध गर्भपतन गराउन खोज्ने पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment