हुम्लामा दुई अष्ट्रेलियन नागरिक पक्राउ

४ असोज । हुम्लाको सिमीकोटमा शुक्रबार बिहान दुई अष्ट्रेलियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुमतिबिना प्याराग्लाईडिङ गरेको आरोपमा अष्टे«लियन नागरिक पक्राउ परेका हुन् । उनीहरूले बिना अनुमति तीन दिनदेखि ठेहेर बरगाउँ गाविसमा रहेको ह्रलिङ गुम्बाबाट सिमीकोटसम्म प्याराग्लाईडिङ गर्दै आएका थिए । उनीहरूले सुरक्षा संवेदनशीलताको ख्यालै नगरी तथा बिनाअनुमति सिमिकोट विमानस्थल र नेपाली सेनाको सिंहशार्दुल गण माथिबाट प्याराग्लाईडिङ गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वको टोलीले उनीहरूलाई शुक्रबार बिहान सिमिकोबाट पक्राउ गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...