नगदसहित नेपाली फुटबल खेलाडी सम्मानित

३१ भदौ । हालै सम्पन्न आठौ साफ च्याम्पियनसिप फुटबलमा उत्कृष्ट प्रदर्शनका बावजुत सेमीफाइनलबाट बाहिरीएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगद २ लाख ५० हजारसहित सम्मान गरेको छ ।

साफमा नेपाल सेमिफाइनमा अफगानस्तानसँग एक शून्यले पराजित भएको थियो । तर प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट भएकाले एन्फाले नगदसहित सम्मान गरेको हो ।
आज दिउँसो दशरथ रंगशालामा एक विशेष कार्यक्रमको आयोजना गरी खेलाडी तथा पदाधिकारीलाई एन्फा अध्यक्ष गणेश थापाले नेपाल इन्भेस्टमेन्ट बैंकको २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तर गरेका हुन्।

नेपाली खेलाडीले गरेको उच्च प्रदर्शनका लागि प्रोत्साहनस्वरुप सम्मान गरिएको एन्फाका प्रवक्ता एवं अखिल नेपाल फुटबल संघका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले बताए ।
केही दिन काठमाडौंमा भएको ८ औं साफ च्याम्पियनसिपमा एन्फाले टिकट बेचेर २ करोडभन्दा बढी रकम संकलन गरेको थियो।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...