वेष्टह्याम र साउथह्यामबीचको खेल बराबरी


३१ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको वेस्टह्याम र साउथह्याम्पटनविचको खेल बराबरी सकिएको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले वेस्टह्यामलाई गोल रहित बराबरीमा रोक्न सफल भएको हो । वेस्टह्यामका गोलरक्षक यस्सी यास्केलाईनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । निर्धारित ९० मिनेटको समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् । बराबरीपछि समान ५—५ अंक बनाएको वेस्टह्याम अंक तालिकाको १० औ स्थानमा छ भने साउथह्याम्टन ११ औ स्थानमा छ । अहिलेसम्मको अंक तालिकामा ९ अंक सहित आर्सनल लिगको शिर्ष स्थानमा छ ।समान ९ अंक जोडेको टोट्नह्याम दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल पनि ९ अंकसहित तेस्रो स्थानमा छ । ४ खेलबाट समान ७—७ अंक जोडेका म्यान्चेस्टर सिटी क्रमश चौथौ र म्यान्चेस्टर युनाईटेड पाचौ स्थानमा छ । प्रतियोगिता अन्तर्गत आज लिभरपुलले स्वान्से सिटीको सामना गर्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...