२२ भदौ । लगातारको वर्षापछि आएको बाढीले उदयपुरको पश्चिमी क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।
ककरु र मरुवा खोलाले करिब तीन सय मिटर तटबन्ध भत्काएपछि ५० बिघाभन्दा बढी जमिन बगरमा परिणत भएको छ । कटारी बजार आसपासका खेतमा पनि क्षति पुगेको छ ।
स्थानीयवासीले खोला नियन्त्रणको प्रयास गरिरहेका छन् । कटारी–३ मा हरियो धानखेत बगरमा परिणत भएपछि किसानहरु चिन्तित भएका छन् । यसअघि २०६१ सालमा पनि उदयपुरको पश्चिमी क्षेत्रमा खोला पसेको थियो । यसैबीच धनकुटाको मुलघाटनजिक शुक्रबार साँझ गएको पहिरोमा २३ भन्दा बढी घर पुरिएका छन् ।
अविरल वर्षासँगै गएको पहिरोले मुलघाट नजिकका महाभारत, बुढीमोरङ र भेडेटार गाविसका करिव २३ घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोका कारण घण्टे, गर्जुवा र खरानेखोला क्षेत्रका १२ भन्दा बढी घर जोखिममा परेका छन् । पहिरोका कारण त्यस क्षेत्रका सय जनाभन्दा बढी विस्थापित भएका छन् । कोशी राजमार्ग पनि ठाउँ–ठाउँमा अबरुद्ध बनेको छ । राजमार्गको करिब तीन किलोमिटर क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेको छ । बाटो अवरुद्ध हुँदा ठाउँ–ठाउँमा यात्रु अलपत्र परेका छन् । साँझ पहिरो जान सुरु गरेपछि भागदौड मच्चिएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

उदयपुरमा बाढीको वितण्डा, ५० विघा जमीन बगरमा परिणत
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment