२४ भदौ । राजधानी जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र एक पटकको च्याम्पियन माल्दिभ्स भिड्दै छन् ।
जारी प्रतियोगितामा माल्दिभ्स मजबुत टोलीका रुपमा देखिएको छ । माल्दिभ्सले समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको हो भने उसले यसअघि कुल १८ गोल गरिसकेको छ । माल्दिभ्सका कप्तान अलि अस्फाक एक्लैले जारी प्रतियोगितामा १० गोल गरेका छन् ।
त्यस्तै भारत भने समूह ‘ए’बाट उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । भारतलाई उपाधि दाबेदारका रुपमा हेरिए पनि यसपटक उसको प्रदर्शन फितलो रहेको छ । भारतले समूह चरणमा बंगलादेशसँग बराबरी खेलेको थियो भने पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।
त्यस्तै नेपालसँग भारत समूहको अन्तिम खेलमा २–१ गोलले पराजित भएको थियो । यसैबीच आज भारतको टोलीमा कप्तान सुनील क्षेत्री नहुने भएका छन् ।
नेपाली भूमिमा निराशाजनक प्रदर्शन गर्दै आएका सुनीलले यसअघिका दुई खेलमा लगातार पहेंलो कार्ड पाएपछि सेमिफाइनल खेल्नबाट बञ्चित भएका हुन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment