एमाओवादीका प्रत्यक्षका उम्मेदारसहित ८७५ एमालेमा प्रवेश (फोटो फिचर)

१० असोज । बाजुरा जिल्लाबाट २०६४ सालको संविधन सभा निर्वाचनमा एनेकपा माओबादी बाट प्रत्यक्ष तर्फ १३ हजार १ साय ५५ मत ल्याएका माओवादीका भिनबहादुर बिष्ट सहित बाजुराका ८७५जना माओबादी तथा एमाओवादी नेताकार्यकर्ता आज एमालेमा प्रवेश गरेका छन ।

तत्कालीन एनेकपा माओबादी सेति महाँकाली राज्य समिती सचिवालय सदस्य समेत रहेका विष्टले आज एमाले केन्द्रीय कार्यलय बल्खुमा आयोजना गरिएको पाटी प्ररेबश कार्यक्रममा दलबल सहित प्रबेश गरेका हुन । नेकपा माओवादी बाजुरा जिल्ला पाटीको सहइन्चार्ज र केन्द्र्रीय स्कुल बिभाग सदस्य समेत जिम्मेवारी समेत लिनुएका विष्टले एमाले अध्यक्ष झलनाथ खनालको हातबाट टीकाग्रहण गरी पार्टी प्रवेश गरेका छन ।

माओवादी ढुलमुलेचरीत्र भएको कुनै रेग ढेग नभएको पार्टी भएकाले आफु बस्नाकोकुनै औचित्यनभएको भन्दै आफ्ना कार्यकार्ता सहित पार्टी प्रवेश गरेको विष्टले बताएका छन । आज प्रबेश कार्यक्रममा राज्य समिती सदस्य डम्मर सुनार पहाड, जनस्वयम सेवक जिल्ला समितीका सहसंयोजक डम्म बि क ,अखिल नेपाल किसान संघ क्रान्तीकारीका जिल्ला अध्यक्ष जयबिर बुढा , राज्य समिति सदस्य एवम् यरिया नं ८ इन्चार्ज अर्जुन कटुवाल, जिल्ला कमिटी सदस्य दिपक कटुवाल , जिल्ला कमीटी सचिवालय सदस्य शेरबहादुर खड्का, मनिराम पाध्यय र अखिल क्रान्तीकारीका कोषाध्यक्ष उपेन्द्र बिष्ट सहित सँयौाबढी माओवादी र एमाओवादीका नेता कार्यकर्ताले एमालेमा प्रबेश गरेको एमाले केन्द्रीय कमिटी सदस्य कर्ण बहादुर थापाले बताउनु भएको छ ।

एमाले मुख्यालय बल्खुमा आयोजाना गरिएको पार्टी प्रवेस कार्यक्रममा नेकापा एमाले केन्द्रीय सदस्य तथा खेलकुद बिभाग प्रमुख कर्ण बहादुर थापा बाजुरा जिल्ला कमिटी अध्यक्ष लाल बहादुर थापा अञ्चल कमिटी सदस्य हिक्मत शाही र प्रकाश शाह, राष्ट्रिय प्रतिनीधी परिषद सदस्य अजबहादुर मल्ल, जिल्ला कमिट सचिव बलदेव रेग्मीको अपस्थीती रहेको थियो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...