सर्वोच्चबाट निरौलालाई नै काम गर्न गराउन आदेश

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तत्कालका लागि सुबास निरौलालाई नै काम गर्न गराउन आदेश दिएको छ ।

पर्यटन बोर्डको असारमा बसेको उपसमितिको बैठकले कायम मुकायममा सुवास निरौलालाई नियुक्त गर्ने निर्णय गरेको थियो । निरौलाको नियुक्तिको बदर माग गर्दै रघु विष्टसमेत ५ जनाले पुनरावेदन अदालतमा रिट दायर गरेका थिए ।

पुनरावेदनले निरौलाको नियुक्त रोक्दै काम नगर्न अन्तरिम आदेश जारी गरेकोमा निरौलाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । निरौलाले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले मुद्धाको टुंगो नलागेसम्म कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा काम गर्ने गरी बाटो खोलिदिएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...