काठमाडौँमा संस्कृत पुस्तकहरुको प्रदर्शनी हुँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

काठमाडौँमा संस्कृत पुस्तकहरुको प्रदर्शनी हुँदै

Share This
२१ भदौ । काठमाडौंमा आगामी असोज २ गते नेपाली रचनाकारका संस्कृत पुस्तकहरूको प्रदर्शनी हुने भएको छ ।
स्वाध्यायशाला कुटुम्बले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेपालीहरूले लेखेका संस्कृत ग्रन्थहरूको प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीमा मिथिलामा पाँचहजार वर्षअघि रचित याज्ञवल्क्यस्मृतिदेखि समकालीन लेखकहरूका २ सय ५० भन्दा बढी संस्कृत ग्रन्थहरू राखिने स्वाध्यायशाला कुटुम्बका सदस्य प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिनुभयो ।

नेपालमा संस्कृत बाङ्मयको पठनपाठन, लेखन र अनुसन्धान हराउँदै गएकाले यसको पुनर्जागरणका प्रदर्शनी गर्न लागेको कौण्डिन्नयायनले बताए । प्रदर्शनीमा वेद, वेदांग, दर्शनलगायतका पुस्तकसमेत बिक्री गरिने जानकारी दिइएको छ । आफू वा आफ्ना पूर्वजले रचना गरेका संस्कृत भाषाका पुस्तक भए उपलब्ध गराउनसमेत कौण्डिन्न्यायनले सर्वसाधारणसँग आग्रह गरेका छन् । स्वाद्ध्यायशालाले २०४८ र ०५३ सालमा पनि यस्तो प्रदर्शनी गरेको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here