अनेरास्ववियुको अध्यक्षमा किशोरविक्रम मल्ल विजयी

११ असोज । अनेरास्ववियुको अध्यक्षमा निर्वाचित किशोर विक्रम मल्ल २०४६ सालदेखि अनेरास्ववियुको विभिन्न इकाइमा रहेर काम गर्दै आउनुभएको ब्यक्ति हो ।

स्याङजाको साँखर गाविसमा जन्मिनु भएका मल्ल यसअघिको कार्यसमितिमा महासचिव हुनुहुन्थ्यो । २०४६ सालमा स्याङजाको क्याक्मी गाविसस्थित पिताम्बर माविमा अनेरास्ववियुको राजनीतिमा होमिनु भएका मल्ल २४ वर्षपछि अखिलको सर्वोच्च पदमा निर्वाचित हुनुभएको हो । मल्लले अञ्चल अध्यक्ष हुँदै दुई कार्यकाल केन्द्रीय सदस्य, संगठन विभाग प्रमुख, केन्द्रीय सचिव, महासचिव रहि काम गरिसक्नुभएको छ ।
उपाक्ष्यक्षमा ६६९ मतसहित ऐन महर, ६५९ मतसहित दीपक गौतम र ५४५ मतसहित थोमस बास्तोला निर्वाचित हुनु भएका छन । त्यसैगरी, रचना खड्कालाई १२ मतले पराजित गर्दै महासचिवमा नविना लामा निर्वाचित हुनु भएको छ । लामा यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । पाँच सचिवमा महेश बर्तौला, अब्दुल हुसेन खाँ, राधिका खतिवडा, भक्तकुमारी लामा र सरोज यादव विजयी भएका छन् । यस्तै कोषध्यक्षमा ७१० मतसहित रस्मी आचार्य निर्वाचित हुनु भएको छ । लेखा आयोग प्रमुखमा नीलकण्ठ आचार्य र अनुशासन आयोगमा जीवन राई चयन हुनु भएको छ ।

अध्यक्ष मल्लको प्यानलबाट ११ सदस्यीय पदाधिकारीमा ५ जना निर्वाचित भएका छन् भने लम्सालको प्यानलबाट ६ जना । ४५ सदस्यीय सचिवालयमा मल्ल प्यानलबाट २६ जना निर्वाचित भएका छन भने लम्साल प्यानलबाट १९ जना । अध्यक्षमा निर्वाचित भएलगत्तै मल्लले संगठनलाई एकताबद्ध बनाएर अघि बढाउनु नै आफ्नो सबैभन्दा पहिलो प्राथमिकता रहेको बताउनुभयो । मल्लले महाधिवेशनबाट पराजीत नेताहरुलाई पनि उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै,अध्यक्ष मल्लले आसन्न संविधानसभा चुनावमा एमालेलाई प्रथम पार्टी बनाउनकोलागि विद्यार्थी परिचालन गर्ने पनि बताउनुभयो । यहि असोज ३ देखि काठमाडौमा भएको २१ औं महाधिवेशनले १ सय ३५ सदस्यीय केन्द्रीय कमिटि र ४०५ सदस्यीय राष्ट्रिय पतिनिधि परिषद् चयन गर्दै महाधिवेशन सम्पन्न भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...