मण्डेला अस्पतालबाट घर फर्किए

१६ भदौ । करिब तीन महिनादेखि अस्पतालमा रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला घर फर्किएका छन् ।

फोक्सोको समस्याबाट पीडित ९५ वर्षीया मन्डेलालाई निवासमै उपचारको व्यवस्था गरिएको अस्पताल स्रोतले जनाएको छ । उनलाई अस्पतालबाट घर फिर्ता भएपनि उनको स्वास्थ्य स्थिर रहेको छ । स्वास्थ्य बिग्रिएमा मन्डेलालाइ पुन अस्पताल भर्ना गरिने अधिकारीहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...