पाकिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय ५०

९ असोज । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा गएको ७ दशमलब ७ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ ।

पाकिस्तानको उत्तर–पूर्वमा पर्ने आवरन जिल्लामा केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी ३ सय ७३ जनाभन्दा बढी घाइते भएका छन् । मर्नेहरुको संख्या अझै बढ्न सक्ने पाकिस्तानी अधिकारीहरुले आशंका गरेका छन् । भुकम्पको झट्का भारतको राजधानी नयाँ दिल्ली, हाइदरबाद र पाकिस्तानको कराँचीसम्म महसुस गरिएको थियो । एक स्थानिय अधिकारीका अनुसार बलुचिस्तान प्रान्तको अवारन जिल्लामा रहेका माटोका घरमा बस्नेहरुले भूकम्पमा परी ज्यान गुमाएका हुन् । त्यस क्षेत्रमा रहेका करिब ३० प्रतिशत घरहरु भत्केका छन् । भूकम्पका कारण समुद्रमा नयाँ टापु बनेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...