चुनावमा वालवालिकाको प्रयोग नगर्न आग्रह - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चुनावमा वालवालिकाको प्रयोग नगर्न आग्रह

Share This
४ असोज । बाल संरक्षण राष्ट्रिय अभियानले आगामी चुनावमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।
विश्व शान्ति दिवस २०७० को सन्दर्भमा शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी बाल संरक्षण राष्ट्रिय अभियानले आगामी संविधानसभा चुनावमा कुनै पनि किसिमले बालबालिकाको प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको हो । बालअधिकार संरक्षणका लागि दलहरुले जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न पनि अभियानले आग्रह गरेको छ । अभियानले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा असोज ५ गते पाटन दरबार स्क्वायरमा बालबालिका र विद्यालय शान्ति क्षेत्र प्रबद्र्धनका लागि दुई घण्टा फ्लेक्स व्यानर प्रदर्शन गर्ने जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here