सेप्टेम्बर १८ मा परिवार नियोजन दिवस मनाइने सहमति - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सेप्टेम्बर १८ मा परिवार नियोजन दिवस मनाइने सहमति

Share This
२ असोज । सरकारले सेप्टेम्बर १८ तारिखलाई राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाउने विषयमा सैद्धान्तिक सहमति दिएको छ ।
परिवार नियोजनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुका तर्फबाट सेप्टेम्बर १८ तारिखलाई परिवार नियोजन दिवस मनाउनुपर्ने माग सहितको ज्ञापनपत्र बुभ्mदै स्वास्थ्यमन्त्री बिद्याधर मल्लिकले परिवार नियाजन दिवसका विषयमा सैद्धान्तिक सहमति दिनुभएको हो । मन्त्री मल्लिकले यसका लागि बजेट लगायत आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । नेपाल परिवार नियोजन संघको ५५औं वार्षिकोत्सवका अवसरमा परिवार नियोजन क्षेत्रमा कार्यरत्हरुले बुझाएको ज्ञापनपत्रमा बजेट अभावका कारण प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न नसकेको उल्लेख छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here