कारागारभित्रै एक बन्दीको मृत्यु

२४ भदौ । झापा चन्द्रगढीस्थित कारागारमा बन्दी जीवन बितारहेका एक जनाको मृत्यु भएको छ ।


महेशपुर–१ बस्ने २७ वर्षीय चन्द्र राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार खाना खाएको केहीबेरपछि बान्ता गर्न थालेपछि उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनापछि उनका परिवारजनले मृत्युका सम्बन्धमा तथ्य सत्य बाहिर आउनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेपछि प्रजिअ एकमणि नेपालले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कर्तव्य ज्यान मुद्दामा उनलाई जिल्ला अदालतले २०६७ साल मङ्सिर ३ गते कारागार चलान गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...