१६ भदौ । म्याग्दीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पर्यटन गुरुयोजना तयार पारिएको छ ।
जिल्ला विकास समिति, टोड्के क्षेत्र विकास कोष र पर्यटन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले करिब एक वर्षको अध्ययनपछि गुरुयोजना तयार पारेको हो । गुरुयोजनामा म्याग्दीलाई तीन भागमा विभाजन गरी पूर्वाधार निर्माण तथा व्यवस्थापनसम्बन्धी योजना सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी क्षेत्रका १० वटा गाविस समावेश गरी कालीगण्डकी करिडोर, मध्य क्षेत्रका १७ गाविस समेटेर राहुघाट करिडोर र पश्चिमी क्षेत्रका १४ गाविस समेटेर म्याग्दी पर्यटकीय करिडोरको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । हाल सञ्चालनमा रहेका चार वटा पदमार्गलाई व्यस्थित तथा थप १० वटा पदमार्गको विकास गरी पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटन गुरुयोजना तयार
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment