मुर्सीलाई हत्याको अभियोग लगाउने तयारी

१७ भदौ । इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीलाई सरकारले हत्याको अभियोग लगाउने तयारी गरेको छ ।

उनलाई प्रदर्शनकारीहरुको हत्या गरेको आरोप लाग्दै आएको छ । मुर्सीविरुद्ध अघिल्लो वर्ष सन २०१२ को डिसेम्बरमा भएको हिंसा र हत्याको आरोप लाग्दै आएको छ ।

त्यस्तै मुर्सी समर्थक मुस्लिम ब्रदरहुडका अन्य १४ जना सदस्यविरुद्ध पनि हत्या अभियोग लगाउने तयारी भइरहेको बताइएको छ ।

यसै वर्षको पछिल्लो महिनामात्रै सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको थियो । मुर्सीलाई गत जुलाईमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको छ ।

मुर्सी सर्मथकहरुले भने उनको पुनर्बहालीको माग गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...