१८ भदौ । काठमाडौंमा जारी आठौ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत मंगलबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा भारतले बंगलादेशको सामना गर्दैछ भने दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सवा ६ बजेपछि नेपाल र पाकिस्तानबीचको खेल हुँदैछ । नेपालले विजयी यात्रालाई कायमै राख्न प्रयास गर्ने छ भने पाकिस्तानले पनि पहिलो खेलमा भारतसँग आत्मघाति गोलले भागेको पराजय बिर्साउन प्रयास गर्ने छ ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई २–० ले पराजित गर्दा पाकिस्तान भारतसँग आफैले आत्मघाति गोल गर्दै पराजित हुन पुगेको थियो ।
समुहमा ए मा रहेको नेपाल र भारतको समान तीन तीन अंक छ भने पाकिस्तानले अंक जोड्न सकेको छैन ।
यसैबिच साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय टिमका खेलाडीहरु मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर मन्दिरमा जितको कामना गर्दै पूजा पाठ गरेका छन् ।
नेपाली खेलाडीका साथमा नेपाली टिमका प्राविधिक प्रशिक्षक कृष्ण थापा र व्यवस्थापक तथा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठ पनि थिए । विदेशी प्रशिक्षकद्वय भने पशुपति गएका थिएनन् ।
नेपाली खेलाडीहरुले हरेक खेलअघि पशुपतिनाथ मन्दिर तथा दक्षिणकाली मन्दिरमा गएर पूजा आरधना गर्ने गरेका छन् ।
यसअघि आइतबार बंगलादेशविरुद्धको खेल अघि पनि नेपाली टिम पशुपति पुगेको थियो ।
प्रतियोगिताको सफलताको कामना गर्दै एन्फाले प्रतियोगिता सुरु हुनुअघि दशरथ रंगशालामा बली पूजा पनि गरेको थियो ।
ज्योतिषको सल्लाह अनुसार रंगशालाको अति विशष्ठ कक्षमा रहेको नागको मूर्तिलाई समेत बंगलादेशविरुद्धको खेल हुँदा छोपिएका थियो ।
यसैबीच च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्सले शानदार सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको सोमवारको खेलमा एक पटकको च्याम्पियन माल्दिभ्सले श्रीलंकामाथि कीर्तिमानी १०–० गोलको फराकिलो जित हात पारेको हो ।
साफ फुटबलमा सबैभन्दा फराकिलो जित हासिल गरेको माल्दिभ्सलाई जिताउन कप्तान अलि अस्फाक एल्लैले ६ गरे । साफ च्याम्पियनसिपमा एकै खेलमा ६ गोल गर्ने अस्फाक पहिलो खेलाडीसमेत बनेका छन् ।
खेलको १९ औं मिनेटमा मोहम्मद इम्रान रातो कार्ड खाई बाहिरिएपछि १० जनामा सीमित श्रीलंकाले कुनै पनि समय खेलमा फर्कने प्रयास गर्न सकेन । यो जितसँगै माल्दिभ्स समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी अफगानिस्तान दोस्रो स्थानमा छ । सोमवार भएको पहिलो खेलमा अफगानिस्तानले कमजोर आँकिएको भुटानलाई ३–० ले पराजित ग¥यो । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा साविक उपविजेता अफगानिस्तान भारीले विजयी हुने अनुमान गरिए पनि भुटानले अफगानिस्तानलाई खुलेर खेल्न दिएको थिएन ।
यसैबीच, पहिलो चरणका खेल सकिंदासम्म अहिलेसम्म पराजित हुने कुनै पनि टिमले गोल गर्न सकेका छैनन् । यसअघि समूह ‘ए’को खेलमा नेपालले बंगलादेशलाई २–० ले तथा भारतले पाकिस्तानलाई १–० ले हराएको थियो
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment