टी–२० राष्ट्रिय क्रिकेटमा ४ खेल हुँदै

११ असोज । राजधानीमा जारी पेप्सी स्ट्यान्डर्ड चार्टर्ड सिनियर ट्वान्टी–२० राष्ट्रिय क्रिकेटमा शुक्रबार चार खेल हुँदैछन् ।


कीर्तिपुर मैदानमा क्षेत्र नम्बर ३ काठमाडौंले नवप्रवेशी क्षेत्र नम्बर ९ महेन्द्रनगरसँग र क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ८ पोखराको सामना गर्दैछ ।

त्यसैगरी इन्जिनियरिङ मैदानमा क्षेत्र नम्बर २ वीरगञ्जले सशस्त्र प्रहरीसँग तथा क्षेत्र नम्बर १ विराटनगरले क्षेत्र नम्बर ५ नेपालगञ्जको सामना गर्दैछ ।

यसैबीच, हिजोदेखि सुरु भएको प्रतियोगितामा काठमाडौं, वीरगञ्ज, नेपालगञ्ज र सशस्त्र प्रहरीले विजयी सुरुवात गरेका छन् ।

समूह ‘ए’मा रहेको काठमाडौंले क्षेत्र नम्बर ४ भैरहवालाई ८४ रनले तथा वीरगञ्जले विराटनगरलाई ९ विकेटले पराजित ग¥यो । समूह ‘बी’को खेलमा सशस्त्र प्रहरीले पोखरालाई ९२ रनले तथा नेपालगञ्जले क्षेत्र नम्बर ७ जनकपुरधामलाई २५ रनले हरायो ।

यही आश्विन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख २५ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र उत्कष्ट ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ जित्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...