चुनावी छलफलका विषयमा एमाले स्थायी कमिटी बैठक बस्दै

२८ भदौ । नेकपा एमालेले चुनावका लागि सिफारिस भएका उम्मेदवारहरूको नाममाथि छलफल गर्न स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी मुख्यालय बल्खुमा आज बस्ने बैठकले स्थानीय कमिटीबाट आएका सम्भावित उम्मेदवारहरूको टुंगो लगाउने छ ।

केन्द्रीय कमिटीले तयार पारेको मापदण्डअनुसार उम्मेदवारको नाम तय गरिने एमालेले जनाएको छ । स्थायी कमिटीले तयार पारेको नामावलीलाई असोज पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि लगिनेछ । त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा सर्वदलीय बैठकका सम्बन्धमा समेत छलफल हुनेछ ।

साथै बैठकमा अनेरास्ववियुको महाधिवेशनको तयारीका विषयमा समेत छलफल हुनेछ । विशेषज्ञ, दलित, महिला, जनजाति र तराई–मधेस क्षेत्रका निम्ति अत्यावश्यक अवस्थामा बाहेक अघिल्लो चुनावमा समानुपातिकबाट संविधानसभा सदस्य भइसकेकालाई समानुपातिकतर्फको उम्मेदवार नबनाउने एमालेले यसअघि नै निणर््ँय गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...