हतियारधारी समूहको आक्रमणबाट ३९ जनाको मृत्यु

६ असोज । केन्याको नाइरोबीस्थित सपिङ सेन्टरमा भएको आक्रमणमा ३९ जनाको मृत्युभएको छ ।

हतियारधारी समूह अल शवावले गराएको आक्रमणमा परी अन्य एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् । केन्याका राष्ट्रपति उहुरु केन्याताले घटनाको निन्दा गरेका छन् । आक्रमणमा उनका आफन्तहरू पनि परेको बताइएको छ । सोमालियामा केन्या सेनाको उपस्थितिका विरोधमा आक्रमण गरेको अल शवावले जनाएको छ । सोमालियामा सन् २०११ देखि केन्याली सेना हतियारधारी समूह विरुद्ध लडिरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...