प्रशासनिक क्षेत्र प्रभावकारी बनाउन मानव श्रोतको क्षमता वृद्धि आवश्यक

११ असोज । सामान्य प्रशासनमन्त्री माधवप्रसाद पौडेलले प्रशासनिक क्षेत्रलाई प्रभावकारी वनाउन मानव स्रोतको क्षमता बृद्धिमा जोडदिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३१औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले दक्ष जनशक्तिले मात्र प्रशासनिक क्षेत्र प्रभावकारी हुने भएकोले मानव श्रोतको क्षमता बृद्धिमा जोड दिनुपर्ने बताउनुभएको हो । मन्त्री पौडेलले सार्वजनिक संस्थानहरु राजनितिक हस्तक्षेपले मात्र नभई व्यवस्थापनमा भएको त्रुटिले पनि धरासायी भएको बताउनुभयो ।
समारोहमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले प्रतिष्ठानले बदलिदो समय र परिस्थिति अनुसार निति नियम परिर्वतन गरेर लैजाने बताउनुभयो । उहाँले आगामी दिनमा प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता बृद्धिलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...