चुनावमा सेना परिचालन गर्छु भन्नु सरकारको कायरताः बैद्य

३ असोज । नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले चुनावमा सेना परिचालन गर्छु भन्नु सरकारको कायरता भएको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष बैद्यले जनयुद्धबाट आएको एक शक्तिलाई पाखा लगाएर चुनाव गर्न सेना परिचालन गर्नु कायरता भएको बताउनुभएको हो । अध्यक्ष बैद्यले नेकपा–माओवादीलाई बहिष्कार गरेर कुनै हालतमा चुनाव हुन नसक्ने दाबी गर्नुभयो । अध्यक्ष बैद्यले रेग्मीले प्रधानन्यायाधीबाट राजीनामा दिए गोलमेमेच सम्मेलन र चैतमा सारे चुनावमा सहभागी हुने बताउनुभयो । यसैबीच नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले सरकारले चुनावमा सेना परिचालन गरे सेनाकै हतियार खोसेर स्वाधिनताको लडाइँ लड्ने चेतावनी दिनुभएको छ । सुनसरीको इटहरीमा ३३ दलिय मोर्चाले संविधानसभा चुनावको विरोधमा गरेको सभालाई सम्बोधन गर्दै महासचिव थापाले सरकारकै हतियारबाट आफ्नो आन्दोलन सफल हुने उद्घोष गर्नुभएको हो । उहाँले चुनावको बुथ र केन्द्रमा परिचालन हुने सेनाले बोकेको हतियारले नै स्वाधीनताको संग्रामलाई सफल बनाउने दावी गर्नुभयो । महासचिव थापाले अब हुने भनिएको संविधानसभा चुनावलाई राष्ट्रियता विरोधी एम्बुसको संज्ञा दिंदै त्यस्तोे एम्बुसमा नपर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...