च्याम्पियन्स लिगः बार्सा बिजयी, चेल्सी पराजित

३ असोज । युरोपियन क्लब स्तरीय प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स् लिग फुटबलको गएराति भएका समूह चरणका खेलमा स्पेनिस क्लब बासिर्लोना, इंग्लिस क्लब आर्सनल र इटालियन क्लब एसी मिलान, नापोली विजयी भएका छन् । गएरातिको खेलमै चर्चित इंग्लिस क्लब चेल्सी भने स्वीस क्लबसँग पराजित भएको छ ।

स्पेनिस क्लब बार्साको जितमा चर्चित स्ट्राइकर लियोनल मेसी नायक रहे । समूह ‘एच’को पहिलो खेलमा मेसीको ह्याट्रिकमा बार्साले आफ्नै मैदानमा नेदरल्याण्डको अजाक्सलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मेसीले खेलको २२औं, ५५औं र ७५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यस्तै बार्साको अर्को एक गोल भने खेलको ६९ औं मिनेटमा जेरार्ड पिक्युले गरेका गरे ।

च्याम्पियन्स् लिगकै गएराति भएको समूह ‘इ’को पहिलो खेलमा चर्चित इंग्लिस क्लब चेल्सी भने स्वीस च्याम्पियन एफसी बासेलसँग २–१ गोलअन्तरले पराजित भयो ।

घरेलु मैदानमा चेल्सीले खेलको पहिलो हाफको अन्तिम समयमा ओस्कारको गोलबाट सुरुवाती अग्रता बनाएपनि हार व्यहोर्न बाध्य भयो । खेलको ७१ औं मिनेटमा बासेलका मोहम्मद सलाहले गोल गर्दै खेल १–१ स्वीस क्लवले खेल बराबरी गर्यो । खेलको ८३ औं मिनेटमा मार्को इस्टेलरले गोल गरेपछि बासेल २–१ गोलले विजयी भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...