राप्रपाका उम्मेद्ववारको नाम सार्वजनिक

११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फका उम्मेद्वारको नाम सार्वजनिक गरेको छ ।

राप्रपा नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फको २ सय ४० निर्वाचन क्षेत्रमध्ये एक सय ९६ जना उम्मेद्वारको नाम सार्वजनिक गरेको हो ।

बाँकी उम्मेद्वारको नाम भने केही दिनमै सार्वजनिक गर्ने राप्रपा नेपालले जनाएको छ । संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र रहने घोषणापत्र लिएर जनतामाझ जाने पनि राप्रपा नेपालले जानकारी दिएको छ । राजसंस्थासँगै कार्यकारी प्रमुखको रुपमा जनताबाट निर्वाचित प्रधानमन्त्री रहनुपर्ने पर्ने प्रस्ताव सहितको घोषणापत्र ल्याइने राप्रपा नेपालले जनाएको छ ।

राप्रपा नेपालले सकारात्मक परिवर्तनलाई मुख्य चुनावी नारा बनाउँदै व्यवस्थापिकामा २ सय ७ सदस्यीय प्रतिनिधि सभा र ६० सदस्यीय राष्ट्रिय सभा रहनुपर्ने प्रस्ताव गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...