साफ खेलः सेमीफाइनलमा नेपालले अफगानिस्तानको सामना गर्ने

२१ भदौ । घरेलु टोली नेपालले जारी आठौ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा अफगानिस्तानको सामना गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको समुह बि अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले माल्दिभ्सलाई गोल रहित बराबरीमा रोक्न सफल भएको हो । समान ७—७ अंक बनाएको माल्दिभ्स गोल अन्तरको आधारमा समुह बि को विजेता तथा अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । निर्धारित ९० मिनेटको समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् । बराबरी पछि दुवै टिमले समान एक—एक अंक बाडेका थिए ।

यस अघि सम्पन्न भएको पहिलो खेलमा माल्दिभ्सले श्रीलंकालाई दश—शुन्य गोल अन्तरले तथा दोस्रो खेलमा भुटानलाई आठ—दुई गोल अन्तरले हराएको थियो भने अफगानिस्तानले भुटानलाई तिन—शुन्य गोल अन्तरले र दोस्रो खेलमा श्रीलंकालाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, हल्चोक मैदानमा शुक्रबारै भएको दोस्रो खेलमा श्रीलंकाले भुटानमाथि पाच—दुई गोल अन्तरको जित दर्ता गराउन सफल भएको छ ।

श्रीलंका र भुटान भने प्रतियोगिताको समुह चरणबाटै बाहिरिएका छन । अब आइतबार हुने पहिलो सेमिफाइनल खेलमा समुह ए को विजेता नेपालले समुह बि को उपविजेता अफगानिस्तानको सामना गर्नेछ । त्यस्तै, सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा समुह ए को उपविजेता भारत र समुह बि को विजेता माल्दिभ्सविच प्रतिस्पर्धा हुनेछ ।



0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...