कतार विरुद्धको मैत्रीपूर्ण खेलमा लेवनान बराबरी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कतार विरुद्धको मैत्रीपूर्ण खेलमा लेवनान बराबरी

Share This
२५ भदौ । कतार विरुद्धको मैत्रिपुर्ण फुटबल खेलमा लेबनान बराबरीमा रोकिएको छ ।
गएराती भएको खेलमा लेबनानले कतारलाई एक—एक गोलको बराबरीमा रोक्न सफल भएको हो । खेलको ३३औं मिनेटमा लेबनानकालागी बिललाल इल नाज्जारीले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नाज्जारीले गोल गरेपछि निकै आक्रामक रुपमा खेलेको कतारकालागी खेलको दोस्रो हाफ सुरु भएलगत्तै सेबास्टियन सोरियाले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटको समयसम्म दुवै टिमले केही गोल गर्ने मौकाको सदुपयोग गर्न सकेनन् । त्यस्तै, गएराती नै भएको अर्को खेलमा ट्रिनीडाड एण्ड टोबागोले साउदी अरेबियामाथि तिन—एक गोल अन्तरको जित दर्ता गराउन सफल भएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here