चुनावी सुरक्षाका विषयमा राष्ट्रपति र अध्यक्षबीच छलफल

३ असोज । संविधानसभा चुनावमा सेना परिचालनका विषयमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डा. रामवरण यादवसँग परामर्श गरेका छन् ।

विहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगी रेग्मीले सरकारले सेना परिचालनमा गरेको तयारीमा राष्ट्रपतिको परामर्श र अनुमति मागेका हुन् । राष्ट्रपतिले आगामी संविधानसभाको चुनावमा सेना परिचालन गर्न सरकारलाई यसअघि नै मौखिक अनुमति भने दिइसकेका छन् ।

सुरक्षा परिषद्को सिफारिसपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनमा सेना परिचालनका विषयमा राष्ट्रपति यादवसँग परामर्श गर्नुभएको हो । यसअघि रेग्मीले राष्ट्रपति समक्ष सेना परिचालनको अनुमति लिनुभएको थियो । जवाफमा राष्ट्रपति यादवले मौखिक सहमति जनाएको र प्रक्रिया पूरा गरेर आउन आग्रह गरेका थिए । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मन्त्रिपरिषद् समक्ष सेना परिचालनका लागि सिफारिस गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...