पत्रकार उमा सिंहका हत्यारा यादवलाई सार्वजनिक गरियो

३ असोज । पत्रकार उमा सिंहको हत्याका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यादवलाई कैलालीको धनगढीबाट भारत प्रवेश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले पक्राउ गरेको हो । अभियुक्त यादव पत्रकार सिंहका साथै धनुषा भरतपुरका रमेश दाहाल, लक्ष्मीकान्त राय तथा किशोरी यादवको हत्यामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । पत्रकार उमा सिंह हत्याका अन्य अभियुक्तहरू सिंहकै भाउजु ललिता सिंह र नेमलाल पासवान जलेश्वर कारागारमा सजाय भोगिरहेका छन् । पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरस्थित डेरा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...