निर्वाचन तयारीका विषयमा आयोगबाट दातृनिकायसँग छलफल

१९ भदौ । निर्वाचन आयोगले निर्वाचन तयारीका विषयमा मित्रराष्ट्रका राजदूत तथा दातृ निकायहरुसँग छलफल गरेको छ ।

निर्वाचन आयोगमा बुधबार भएको छलफलका आयोगले निर्वाचन पर्यवेक्षकका रुपमा आउने विदेशी राष्ट्रका राजदूत तथा प्रतिनिधिहरुले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जानकारी दिएको हो ।

छलफलका क्रममा दातृ निकायका प्रतिनिधिहरुले निर्वाचन सुरक्षा र मतदाता शिक्षाका विषयमा चासो राखेका थिए । मतदान केन्द्र, मतदाता, उम्मेद्वार लगायतको सुरक्षा रणनीतिबारे उनीहरुको चासो थियो ।
निर्वाचन आयोगले सुरक्षा दिने जिम्मा सरकारको भएको भन्दै सरकारले निर्वाचन सुरक्षा रणनीति बनाइरहेको जानकारी दिएको छ । आयोगले निर्वाचन निष्पक्ष र विश्वासनीय हुनेमा आश्वस्त रहन पनि दातृ निकायलाई आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...