शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन मातहतका निकायलाई निर्देशन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन मातहतका निकायलाई निर्देशन

Share This
२१ भदौ । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा दिवसका अवसरमा समनित हुने २९ सामुदायिक तथा ५६ संस्थागत विद्यालयको नाम पनि सार्वजनिक गरेको छ । मन्त्रालयले अघिल्ला तीन वर्षको एसएलसीमा विद्यार्थी पास प्रतिशतका आधारमा गरेको वर्र्गीकरणमा सामुदायिकतर्फ राष्ट्रिय प्रथम म्याग्दीको वेनी सामुदायिक मावि र संस्थागततर्फ ललितपुरको जेम्स स्कुल परेका छन् ।

राष्ट्रिय प्रथम विद्यालयले दुई लाख रुपैया प्रोत्साहन स्वरुप पुरस्कार पाउने गर्छन् । यस्तै क्षेत्रीय स्तरमा पनि सामुदायिकतर्फ ५ र संस्थागत तर्फ ५ विद्यायले पुरस्कार पाउने गर्छन् । यस पटक घोषित दुर्गम तर्फ भने बझाङको रत्न मावि वगटीपाउटा पुरस्कृत हुने भएको छ । मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आउँदो २३ गते सम्म विभिन्न कार्यक्रम गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here