प्रहरीले तनहुँका विभिन्न क्षेत्रमा गरिएको गाँजा फडानी गरेको छ ।
बरभन्ज्याङ्ग गाविसको वडा नं. १, २, ३, ५ र घाँसीकुवाको वाड नं ८ मा करिब ५० क्वीन्टल भन्दा बढी गाजा खेती नष्ट गरेको हो ।
सरस्वती सदन माध्यमिक विद्यालय बरभञ्ज्याङ्ग, विद्यालय ब्यवस्थापन समितिको पदाधिकारी, छिमेकी विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय आमासमुह र प्रहरीको सक्रियतामा ती स्थानहरुबाट उक्त परिमाणको गाँजाका बोटहरु नष्ट गरेका हुन् ।
गाँजा नष्ट गर्ने अभियानमा तीनसय घरधुरीमा निरीक्षण गर्दा हरेक घरमा ५ देखि ५० सम्म गाँजाका बोटहरु भेटिएकाले नष्ट गरिएको विद्यालयका प्रधानाध्यापक अशोक खत्रिले बताउनुभयो । भानु इलाका प्रहरी कार्यालय डुम्रेका इञ्चार्ज प्रहरी निरीक्षक राजकुमार सिलवालले घर–घरमा पुगि आगामि दिनमा पनि गाँजा भेटिए कानुन बमोजिम कारबाही गरिने भन्दै सचेत गराउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीबाट तनहुँमा गाँजा फडानी कार्य तीब्र (फोटो फिचर)
Share This
Tags
# Photo Feature
# Social News
Share This
About hamro yatra
Social News
Labels:
Photo Feature,
Social News
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment