एपिएफ र भैरहवा विजयी

१४ असोज । एपिएफ क्लब र क्षेत्र नम्बर ४ भैरहवा जारी राष्ट्रिय टि—ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी भएका छन । किर्तीपुरस्थित त्रिभुबन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफ क्लबले क्षेत्र नम्बर एक बिराटनगरलाई ८६ रनले पराजित गर्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ९४ रनको योगफल तयार पारेको थियो । एपिएफका लागी ज्ञानेन्द्र मल्ल र प्रदिप एैरीले समान ६३—६३ रन तथा कप्तान पारस खड्काले २५ रनको योगदान दिएका थिए । ओपनर ब्याट्सम्यान परेश लोहनीले १९ रन र शरद भेषवाकरले २१ रन जोडे । सुवास खकुरेल शुन्य रनमा आउट भए । १ सय ९५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको बिराटनगरको पारी नौ विकेटको क्षतीमा मात्र १ सय ८ रनमा समेटिएको थियो ।

बिराटनगरका लागी सन्नी पुनले ६२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रतियोगितामा एपिएफका ज्ञानेन्द्र मल्ल म्यान अफ दी म्याच चुनिए । जितपछि समुह ए मा रहेको एपिएफले ९ अंक बनाएको छ । त्यस्तै, आज नै भएको अर्को खेलमा भैरहवाले क्षेत्र नम्बर ६ बैतडीलाई २५ रनले पराजित गर्न सफल भयो । यता पुल्चोक मैदानमा आजै भएको खेलमा नेपाल आर्मी क्लबले क्षेत्र नम्बर ९ महेन्द्रनगरलाई ४ विकेटले तथा क्षेत्र नम्बर २ बिरगन्जले क्षेत्र नम्बर ७ जनकपुरलाई २ विकेटले पराजित गर्न सफल भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...