ब्याकुल माइलाद्धारा पुरस्कृत

काठमाण्डौ, २८ भदौ । वालदिवसको पुर्वसन्ध्यामा कोटेश्वरस्थित ग्रामर पव्लिक उच्च माविका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार पुरस्कृत गरियो ।

विद्यालयभरी समग्र विषयमा उत्कृष्ट भएकी ९ कक्षाकी छात्रा सुप्रिया खड्का र ७ कक्षाका छात्र शौरभकुमार शाह तथा अनुसासन र नियममित विद्यार्थीतर्फ रोशना आचार्य र राहुल कुमार शाहलाई पुरस्कृत गरियो । उनीहरुलाईराष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई व्याकुल माइला, विद्यालयका अध्यक्ष जयकुमार राई र संस्थापक प्रिन्सिपल राजकुमार राइ,शैक्षिक विभागक निर्देशक दिलेन्द्रकुमार राई, भाइस प्रिन्सिपल सुर्दशन खड्कालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पनिपुरस्कार वितरण गर्नुका साथै वालदिवसको अवसरमा सबै वालवालिकालाई चकलेट पनि वाँडिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...