मूल्य वृद्धि फिर्ता लिन अल्टिमेटम

८ असोज । पेट्रोल र डिजेलमा भएको मुल्यबृद्धि आज सांझ चार बजेसम्ममा फिर्ता लिन १७ बिद्यार्थी संगठनले नेपाल आयल निगमलाई चेतवनी दिएका छन् ।

आज पनि आफ्नो माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रने तयारी भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मूल्य वृद्धि फिताको माग सम्बोधन गर्न सरकारलाई आज ४ बजेसम्मको समय दिएको छ, माग पूरा भए आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनेछौं, यदी भएन भने आजै ४ बजे बैठक बसी, सम्बन्धित विभागमा मन्त्रीको राजिनामा मागसहित आमरण अनसनमा बस्ने निर्णय गर्नेछौं ।’ आफ्नो मागका विषयमा सरकार गम्भीर हुने लामिछानेको भनाई छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...