विहीबार विहानसम्म मत परिणाम सार्वजनिक हुने

९ असोज । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एमाले पार्टी कार्यालय बल्खुमा जारी मतगणना भोलि विहानसम्म सार्वजनिक हुने जनाइएको छ । मतगणना हिजो सुरु हुने भनिएपनि आन्तरिक किचलोका कारण मतगणना आज सुरु भएको हो । ३ गतेदेखि सुरु भएको अनेरास्ववियुको २१ औं महाधिवेशनको नयाँ नेतृत्वका लागि अखिलको अध्यक्षमा लक्ष्मण लम्साल र किशोरविक्रम मल्लले प्यानलबीच प्रतिस्पर्धा छ । चुनावमा १४ सय ३० मत खसेको छ । महाधिवेशनले ११ पदाधिकारीसहित १ सय ३५ सदस्य चुन्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...