३ असोज । फिरौती बुझाउँदासमेत बारा निजगढका ३२ वर्षीय भगवान बडाल अपहरणमुक्त नभएपछि परिवार चिन्तित बनेको छ ।
चार दिनअघि अपहरणमा परेका निजगढका बडालका आफन्तले अपहरणकारीलाई दश लाख रूपैयाँ फिरौती दिँदासमेत बडाल सम्पर्कमा नआएका हुन् । भदौं ३१ गते दिउँसो मोटर साइकलमा रौतहट हिँडेका बडाल सिम्रीको जंगलबाट अपहरणमा परेका थिए । त्यसको भोलिपल्ट बडालकै मोवाइलबाट अपहरणमा परेको र दश लाख रकम माग गरेपछि आफन्तले असोज २ गते हेटौडाको भैरव डाँडामा १० लाख रुपैयाँ फिरौती बुझाएको थियो । अपरहणकारीले फिरौती बुझाएको २० मिनेटमा मुक्त गर्ने भनेपनि बडाल अझै सम्पर्कमा आएका छैनन् । यसैबीच, निजगढका व्यापारीहरूले विहीबार पसल बन्द गरी बडालको खोजी गरेपनि भेटन सकेनन् । स्थानीय व्यापारी, स्थानीयबासी र सुरक्षाकर्मी गरी तीन सय जना बडाललाई खोज्न बाराको वन क्षेत्रमा गएका थिए । बडालले पशु तथा कृषिसम्बन्धी परामर्श दिनुका साथै औषधी उपचार गर्दै आएका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

फिरौती बझाउँदा पनि अपहरणमुक्त भएनन् बडाल
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment