जिल्ला अस्पताल भोजपुरमा विरामीको चाप बढ्दो

असोज । एक सातायता भोजपुर जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ ।

बिरामी बढेसँगै यो अस्पतालमा शैयाको अभाव भएको छ । बिरामीलाई कुरुवा बस्ने ठाउँमा राखेरसमेत उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालमा श्वासप्रश्वास, निमोनिया, ज्वरो टाईफाईडका बिरामी बढी आउने गरेका छन् । १५ शैया क्षमताको यो अस्पतालमा दैनिक डेढ सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...