राजनीतिक विचलन रोक्न चुनाव अपरिहार्यः नेता केसी

७ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक बिचलन रोक्न चुनावको विकल्प नभएको बताउनुभएको छ ।

ताप्लेजुङको धुन्सा दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोषले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेता केसीले मुलुकमा राजनीतिक बिचलन रोक्न तोकिएकै मितिमा चुनाव गर्नुको विकल्प नभएको बताउनुभएको हो । उहाँले मंसिर ४ मै निर्वाचन गरेर मुलुकमा राजनीतिक बिचलन रोक्नुपर्ने पनि बताउनुभयो ।

ताप्लेजुङको धुन्सामा २०६३ साल कात्तिक ७ गते भएको हेलिकोप्टर दुर्घटनामा २४ जना प्रतिष्ठित व्यक्तिको ज्यान गएको थियो । कार्यक्रममा कोषले धुन्सा दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा सालिक तथा पार्क निर्माण गर्ने जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...