राजमार्गमा सुरक्षा गस्ती सुरु

१० असोज । प्रहरीले राजमार्गहरूमा सुरक्षा गस्ती सुरु गरेको छ ।

यसैक्रममा मकवानपुर जिल्ला प्रशासनले पूर्वपश्चिम राजमार्गको ५२ किलोमिटर मिटर क्षेत्रमा रात्रिकालीन गस्ती सुरु गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि रात्रिकालीन गस्ती थालिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिनुभयो ।

गस्तीका प्रहरीले सवारी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ । यसैगरी, जिल्ला ट्राफिक कार्यालय तनहुँले पनि पृथ्वी राजमार्ग क्षेत्रमा चोरी र लुटपाटका घटना हुन नदिन चेकजाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले पृथ्वी राजमार्गको मुग्लिङदेखि कोत्र सडकखण्डको ७२ किलोमिटर क्षेत्रमा दुर्घटना तथा चोरी डकैती न्यूनीकरण गर्न नियमित तथा छडके चेकजाँच सुरु गरेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...