गोप्य सूचना चुहाउने डोनाल्डलाई १२ वर्ष जेल सजाय

८ असोज । अमेरिकाको संघीय जाँच ब्युरोका एक जना पूर्व कर्मचारीलाई गोप्य सूचना लिक गरेकोमा दोषी ठहर गरिएको छ ।


अलकायदाको बम आक्रमण तथा बाल यौन दुराचार सम्बन्धि मुद्दाको सूचना एक जना पत्रकारलाई दिएको आरोपमा डोनाल्ड सालेबेनलाई दोषी ठहर गर्दै १२ वर्षको जेल सजायँ सुनाइएको हो ।
अधिकारीहरुले डोनाल्डले गरेको खुलासाले अन्तर्राष्ट्रिय गोप्य कारबाही तथा सयौं मानिसको जीवन जोखिममा पार्न सक्ने तर्क गरेका छन् । एसोसिएट प्रेस एपीले यमनमा क्रियाशील अलकायदाको आक्रमणको योजना सम्बन्धि रिपोर्ट सार्वजनिक गरेपछि फोन रेकर्डका आधारमा डोनाल्डको पहिचान गरिएको थियो ।
सहन्यायाधीवक्ता जेम्स कोलले अनधिकृत र अनुचित खुलासाले राष्ट्रिय सुरक्षा र मानिसको जीवन खतरामा पारेको भन्दै देशलाई सुरक्षित राख्नका लागि गम्भीर र खतरनाक खुलासा विरुद्ध कडाइका साथ कानुन लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...