हुनसेन पुन ५ बर्षका लागि प्रधानमन्त्री बने

८ असोज । कम्बोडिया संसद्ले हुनसेनलाई फेरि पाँच वर्षका लागि प्रधानमन्त्री चुनेको छ ।

संसद्को अनुमोदनपछि हुनसेनले मंगलबारै सपथ लिएका छन् । सन् १९८५ देखि लगातार प्रधानमन्त्री रहेका सेन सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने व्यक्ति हुन् । तर, चुनावी नतिजा नै नमानेका विपक्षीहरू संसद्मा अनुपस्थित भएका । गत जुलाईमा भएको चुनावमा धाँधली भएको भन्दै विपक्षीले छानबिन गर्न माग गर्दै आएका छन् । सेनको कम्बोडिया पिपल्स पार्टी (सीपीपी) ले ६८ सिट जितेर बहुमतमा पाएको थियो । धाँधलीको आरोप लगाई रहेको विपक्षी कम्बोडिया नेशनल रेस्क्यू पार्टीले भने ५५ सिट ल्याएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...