नेपालसँग तुर्कमिनिस्तान ४–० गोलले पराजित
१३ असोज । नेपाल एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरको छ ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा नेपालका लागी बिमलले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, ५१ औ मिनेटमा पुन बिमलले अर्को गोल गरे । बिमलले गौरब बुढाथोकीको पासमा गोल गरेका हुन् । ७५ औ मिनेटमा दिनेश राजवंशीले गोल गदै खेललाई तिन—शुन्यको स्थितीमा पु¥याएका थिए । एक पक्षिय रहेको खेलको ८२ औ मिनेटमा बिमलले आफ्नो पहिलो ह्याट्रिक पुरा गर्न सफल भए ।
निर्धारित ९० औ मिनेटमा तुर्कमिनीस्तानले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् । नेपालले पहिलो खेलमा बहराइनलाई दुई—शुन्य गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल इराकसंग दुई—दुई गोलको बराबरीमा रोकेको थियो । अब नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने फाइनल चरणको खेलमा सहभागि हुने अबसर प्रँप्त गरेको छ ।
त्यस्तै, उपविजेता १० मध्ये उत्कृष्ट ५ ले पनि थाइल्याण्डको टिकट पाउनेछन् । त्यस्तै, आजै भएको अर्को खेलमा बहराइनले इराकमाथि दुई—एक गोल अन्तरको जित दर्ता गराउन सफल भएको छ ।
0 comments
Write Down Your Responses