नेपालगञ्जमा सुरु भयो नेपाली कांग्रेसको चुनाव प्रचार प्रसार अभियान

दीपा आले
नेपालगञ्ज असोज २४। मंसिर ४ गते हुने संविधान सभाको चुनावलाई केन्द्रित गर्दै कार्तिक ४ गते राधापुर गाविसमा हुने नेपाली कांग्रेसको वृहत आम सभालाई भब्य रुपमा सफल पार्नकोलागि चुनाव प्रचार प्रसार समिति गठन भएको छ । आज नेपाली कांग्रेस गाउं इकाई समिति राधापुर सैनिकको आयोजनामा भएको सो छलफलले चुनाव प्रचार प्रसार समिति गठन गरेको हो ।

राधापुर सैनिक विरपुर शिव मन्दीरमा बसेको नेपाली कांग्रेस गाउं इकाई समितिले चुनाव प्रचार प्रसार समिति गठनमा संयोजक मनविर क्षेत्रीलाई चयन गरिएको छ । त्यसैगरी सहसंयोजकमा पदम बहादुर मल्ल, सचिव फूलमाया बौडेल, कोषाध्यक्ष लाल बहादुर खड्का चयन भएका छन् भने सदस्यहरुमा खेम बहादुर रानामगर, रत्ना देवि रानामगर, लाल बहादुर गुरुङ्ग, बिर बहादुर थापा, शक्ति श्रेष्ठ, युग बहादुर गुरुङ्ग, अनिता शाही, विकाश शाही, रक्की पुन, तारा थापा, गगन थापा, गौरव आले रहेका छन् ।

नेपाली कांग्रेस गाउं इकाई समिति राधापुर गाविसका सभापति लक्ष्मीनारायण लम्सालले कार्तिक चार गते हुने आम सभालाई भब्य रुपमा सफल पार्न आफ्ना कार्यकर्ताहरुलाई सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । उहांले छलफल कार्यक्रममा बोल्दै अब आउने संविधान सभाको चुनावमा नेपाली कांग्रेसले भारी मतले जित्ने समेत बताउनु भयो । सो छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...