धनगढी एसओएस वालग्रामको शिलान्यास (फोटो फिचर)

बलराम प्यासी
काठमाण्डौ, १९ असोज । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका बाबुआमा गुमाएका र जोखिममा परेका वालवालिकालाई आवासिय सुविधासहित स्याहार तथा संरक्षण गर्ने उद्धेश्यले कैलालीको धनगढीमा बनाउन लागिएको एसओएस वालग्रामको एसओएस अन्तर्राष्ट्रिय बालग्रामका मानार्थ अध्यक्ष हेल्मुट कुटिनले शिलान्यास गरेका छन् । सो बालग्राम नेपालको १०औं वालग्राम हो ।

एसओएस वालग्राम नेपालले धनगढीको, गेटा गाविसस्थित एयरपोर्टरोडमा खरीद गरेको एक विगाहा ६ कठ्ठामा निर्माण गर्न लागिएको एसओएस वालग्राममा १२ वटा वाल आवासगृह, एउटा सामाजिक केन्द्र तथा अन्य ५ सहित १८ वटा घर रहनेछन । एसओएस अष्ट्रियाका एकजना व्यापारी दाताको व्यक्तिगत २० लाख अमेरिकी डलर आर्थिक सहयोगमा सो वालग्राम निर्माण गर्न लागिएको हो । वालग्राम एकवर्षभित्र तयार हुने एसओएस वालग्रँम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले बताएका छन् ।
शिलान्यास समारोहमा अध्यक्ष कुटिनले विभिन्न कारणले समाजमा जोखिममा रहेका वालवालिकाको संरक्षणको लागि विश्वका १३४ मुलुकमा एसओएस वालग्रामको स्थापना भएको र सोही मान्यता अनुरुप नेपालका ९ वटा वालग्रामले सफलतापूर्वक आफ्नो काम गर्दै आएको बताए । ‘वास्तवमा नेपालको एसओएस वालग्रामले विश्वका अन्य वालग्रामहरु भन्दा उत्कृष्ट काम गरिरहेको छ’— उनले भने ।

त्यस अवसरमा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका वालवालिकालाई लक्षित गरि एसओएस वालग्राम बनाउन लागिएको उल्लेख गर्दै भविष्यमा यसै परिसरमा हर्मन माइनर विद्यालय पनि बनाइने बताए । कार्यक्रममा विभिन्न वक्ताले धनगढीमा बन्न लागेको एसओएस वालग्रामले त्यहाँका अनाथ र जोखिममा परेका बालबालिकाले उचित स्याहार सुसार र गुणस्तरीय शिक्षा पाउने आशा व्यक्त गरे ।
शिल्यान्यास समारोहका केहि तस्विरहरु:






0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...